Logo बुधवार, श्रावण १३ गते २०८३
images

सेवा सुविधाकाे रकम नलिएर तिलाेत्तमा नगरप्रमुख खाँणले बाँडे १४९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान

सेवा सुविधाकाे रकम नलिएर तिलाेत्तमा नगरप्रमुख खाँणले बाँडे १४९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान

  • 10.4K
    SHARES

  • सेवा सुविधाकाे रकम नलिएर  तिलाेत्तमा नगरप्रमुख खाँणले बाँडे १४९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान

    बुटवल,भदौ २९।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

    ५९ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा आज नगरपालिकामै आयोजित कार्यक्रममा उनले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५ हजार रुपैयांका दरले छात्रवृत्ति वितरण गरेका हुन।उनले गतवर्ष समेत छात्रवृत्ति बितरण गरे।

    आर्थिक अभावमा शिक्षा बाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुबिधा नलिएर छात्रवृत्ति बितरण गरेको नगरप्रमुख खाणले जानकारी दिए। उनले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार नै छात्रवृत्ति वितरण गरेका हुन् ।

    नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन्। छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । यो वर्ष छात्रवृत्तिमा ७ लाख ४५ हजार खर्च भएको छ।

    प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको स्वागतमा शुरु बितरण कार्यक्रममा कक्षा ८ , एसईई तथा १२ कक्षामा उच्च अंक ल्याउने बिद्यार्थी र बिद्यालयलाई समेत सम्मान गरिएको थियो।

    छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख खाणले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएको बताए ।

    कार्यक्रममा उप–प्रमुख जगेश्वरदेवी चौधरी, नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका मिन प्रसाद पोख्रेल, रास्वपाका नगर अध्यक्ष, जनमुक्ती का नगर अध्यक्ष , प्रधानाध्यापक टंक पौडेल, विद्यार्थी ईभाञ्जिला श्रीलगायतले पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगरप्रमुख खाणको प्रशंसा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology