Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने,देशभर सार्वजनिक बिदा

नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने,देशभर सार्वजनिक बिदा

  • 2.3K
    SHARES

  • नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने,देशभर सार्वजनिक बिदा

    काठमाडौं, भदौ २६ ।

    स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म च्लासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिनुभयो ।

    त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने र उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 

    सरकारले उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    subash.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology