Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही उद्योग संघको २३ औं अधिवेशन असाेज २९ मा हुने

रुपन्देही उद्योग संघको २३ औं अधिवेशन असाेज २९ मा हुने

  • 2.4K
    SHARES

  • रुपन्देही उद्योग संघको २३ औं अधिवेशन असाेज २९ मा हुने

    बुटवल,भदौ २६ ।

    रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ ।२०३५ सालमा उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो ।

    जिल्ला भरीका ठूलादेखि घरेलु सम्मका १०५३ उद्योगहरु हाल रुपन्देही उद्योग संघमा आवद्ध रहेका छन् ।संघको कार्यसमितिको बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको र आवश्यक तयारीका लागि विभिन्न उपसमिति तथा निर्वाचन समिति केही दिनमै गठन गर्ने निर्णय गरेको संघका महासचिव हरि बहादुर खत्रीले बताए ।

    संघको विधान बमोजिम अधिवेशन हुनु भन्दा २१ दिन अघिसम्म नविकरण भएका सदस्य उद्योगीहरुले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था भए बमोजिम नविकरणको समयावधी आश्विन ८ गतेसम्म कायम गरिएको समेत संघले जनाएको छ ।

    संघको कार्यसमितिमा आजिवन, साधारण, एशोसिएट, महिला, संस्थागत र तहगत सहभागिता रहने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology