Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हिमालय लाइफ इन्स्योरेन्स बुटवल शाखाद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम

हिमालय लाइफ इन्स्योरेन्स बुटवल शाखाद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम

  • 3.0K
    SHARES

  • हिमालय लाइफ इन्स्योरेन्स  बुटवल शाखाद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम

    बुटवल,भदौ २३। 

    महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर हिमालय लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा तीजको शुभकामना आदान-प्रदान तथा बीमालेखका बारेमा समेत जानकारी गराइएको थियो । सो अबसरमा बोल्दै  प्रमुख अतिथि इन्स्योरेन्सका  प्रदेश प्रमुख बुद्ध सुर्यबंशीले शुभकामना दिनुभयो ।भने उपप्रमुख नकुल पाण्डेले कम्पनीको स्किमबारे जानकारी गराउनुभएको थियो ।

    एजेन्सी म्यानेजर सीता भुसालले बर्षको एक पटक आउने तीजमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रममा एकतावद्ध गरी तीजमिलन गर्ने अबसर जुटाइदिएकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको संचालन भने शाखा प्रबन्धक सुरेस ज्ञवालीले गर्नुभएको थियो ।

    कार्यक्रममा इन्स्योरेन्समा कार्यरत  कर्मचारी तथा अभिकर्ता लगायतका महिला दिदी बहिनीहरुले मौलिकता झल्किने तीज गीत आफै गाएर र नाचेर मनोरञ्जन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology