Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दलले बुटवलमा बिरोध प्रदर्शन गर्दै माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

तरुण दलले बुटवलमा बिरोध प्रदर्शन गर्दै माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

  • 1.3K
    SHARES

  • तरुण दलले बुटवलमा बिरोध प्रदर्शन गर्दै माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

    बुटवल,भदौ २३।

    नेपाल तरुण दलले बुटवलमा बिरोध प्रदर्शन गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा बिराेध गरेको हो ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा शनिबार दिउँसो विरोध र्याली निकालेको हो ।

    घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै  तरूण दलले देशब्यापी जारी राखेको आन्दोलन अन्तरगत बुटवलको मिलनचोकदेखि राजमार्ग चौराहमा पुगी कोणसभा गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै तरुण दल रुपन्देही सभापती सोम गुरुङले सरकारसँग शान्ती सुरक्षा कायम राख्न माग गरे । सुरक्षा कायम गर्न नसकेको बताउँदै उनले गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने उल्लेख गरे ।

    विरोध र्यालीमा बोल्दै तरुणदल केन्द्रीय सदस्य विनोद घिमिरे,अनिस ढकाल , विजय रावल, दुर्गा क्षेत्री, प्रयासराज गोर्खाली, कार्यक्रम संयोजक तथा तरुण दल जिल्ला सदस्य प्रसान्त कोईराला तथा तरुणदल रुपन्देही-२ क्षेत्रीय सभापति हसन्त तामाङले दोषीमाथि कडा कारबाहीको माग गर्दै सरकारलाई घटनाप्रति गम्भीर बन्न आग्रह गरे । 

    बुटवलको मिलनचोकदेखि प्रर्दशन गर्दै तरुण दलले चौराहा आएर कोण सभाको आयोजना गरेको थियो ।

    कोण सभामा बोल्ने बक्ताहरुले राजधानी मै सुरक्षा प्रदान गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन । हत्या हिंसा बन्द गर, गृहमन्त्री राजीनामा दे भन्दै तरुण दलका कार्यकर्ताले प्रर्दशन गरेका थिए ।कोण सभामा केन्द्रीय सदस्य गंगा शाही, तरुण दलका केन्द्रीय सदस्य केशव पाण्डेय, नेपाली काँग्रेस बुटवल नगरका सचिब छाया पोखरेल,नेवि संघ जिल्ला अध्यक्ष सन्दीप पाण्डे, लगायतले बोलेका थिए ।

    गत बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।tarun dal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology