बुटवल,भदौ २३।
जेसीआई तिलोत्तमा नेपालको तिजमिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ। नेपाली महिलाहरुको पर्व तिजको उपलक्ष्यमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमको अधयक्ष्यतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य माननिय जमुना ढकाल ज्युको प्रमुख अतिथियतामा भएको हो। कार्यक्रममा बोल्दै माननिय जमुना ढकालले तिज पर्ववले आत्मियता कायम गर्दै समाजमा रहेका विकृती विसंगती र महिला दिदि बहिनीहरु माथी भएको शोषणको गित संगीत मार्फत पिडा कष्ठ प्रस्तुत गर्न सहजीकरणको भुमिका खेलेको र जेसीजले समाजमा रहेका विकृती विसंगीतीको पर्दाफास गर्दै सम्मुन्नत समाज निरमाण गर्न र नेतृत्व र ब्यक्तित्व विकास गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो।
सो कार्यक्रममा तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकालले जेसीजले आत्मियता कायम राख्न तिजको कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो कार्यक्रममा तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले परिवारिक सद्धभाव र दिदि बहिनीका दुख पिडा खुसी साटासाट गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा तिलोत्तमा जेसीजका पुर्व अध्यक्ष विनोद सुवेदी निशानबाबु कार्कि बासुदेव शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो कार्यक्रमा संयोजक रितु ज्ञवालीको स्वागत मन्तब्य दिलकुमारी उपाध्यायको आस्थापाठ तथा तिलोत्तमा जेसीज बर्ष २०२३ का महासचिव महेश पौडेलको संचालनमा भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)