Logo बिहिवार, आश्विन १ गते २०८३
images

धातिवाङ–रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा तीज मिलन

धातिवाङ–रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा तीज मिलन

  • 1.6K
    SHARES

  • धातिवाङ–रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा तीज मिलन

    बुटवल,भदौ २३।

    धातिवाङ–रुपन्देही संपर्क समाजले सोमबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ । अर्घाखाँचीको साविक धतिवाङ गाबिस हाल पाणिनी गाउँपालिका वडा नं ६ बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित  धातिवाङ–रुपन्देही संपर्क समाजले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले अर्घाखाँचीको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र धतिवाङ लाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा बोल्दै  प्रमुख अतिथि धतिवाङ वार्ड ६का वार्ड अध्यक्ष कृष्ण पौडेलले धातिवाङ बाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण गारो साँगुरो पर्दा समस्यामा पर्ने स्थितीको अन्त्य हुनु पर्ने भनाई राख्नुभयो । उहाँले संस्था स्थापनाले आपसमा जानपहिचानकालागि सहज भएको भनाई राख्नुभयो ।

    त्यस्तै संस्थाका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले माईका थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै धातिवाङको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिकालागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।

    संस्थाका का।बा अध्यक्ष  नमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पाणिनी वार्ड ६ बाट निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको थियो   । कार्यक्रमको सास्कृतिक संयोज गौरी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह सचिव हरी प्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology