Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु

बुटवलमा सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु

  • 1.6K
    SHARES

  • बुटवलमा सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु

    बुटवल,भदाै २२ ।

     बुटवलमा सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले उद्घाटन गर्नुभयो ।

    प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सांसद ढकालले स्नुकर खेल विश्वकै पुरानो मध्येको  स्तरीय खेल भएपनि नेपालमा ओझेलमा परेको र राज्यको ध्यान नपुगेको औंल्याउनुभयो । तीनै तहका जनप्रतिनिधिको ध्यान खेलकुदको विकासमा जान नसकेको भन्दै उहाले खेलकुदको विकास र खेलाडीको हित हुने गरी स्पष्ट नीति र कानुन बनाउनुपर्ने खांचो रहेको बताउनुभयो ।

    उहाले स्नुकर खेलको सम्मान हुने गरी लुम्बिनी प्रदेश सभामा नीति र कानुन बनाउन आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाउंदै स्नुकर संघको अहिलेको नेतृत्व सक्षम भएकाले राष्ट्रियस्तरको प्रतियोगिता आयोजनागर्न सुझाव दिनुभयो ।

    रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले विगतमा स्नुकर खेलप्रति प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण गलत रहेको र स्नुकर क्लबहरु बन्द गराइएको स्मरण गर्दै तिर अहिले यो खेल मर्यादित र व्यवस्थित बनेको बताउनुभयो । कार्यक्रममा बोल्दै तिनाउ इन्टरनेसनल हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशी, वडाध्यक्षहरु शिव राना, हरि श्रेष्ठ, नरिश्वर पौडेल,अधिवक्ता जोगबहादुर खत्री,संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य,संघका वरिष्ठ उपाध्यक्ष बासु प्रधान,महासचिव शंकर खड्का लगायतले  स्नुकर खेललाई प्रवद्र्धन गर्न लुम्बिनी प्रदेश सरकारले लगानी गर्नुपर्ने माग गगर्नुभयो ।

    एक हप्तासम्म चल्ने प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका र उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताउनुभयो ।snooker.jpg

    कार्यक्रममा  स्नुकरका अन्तर्राष्ट्रिय खेलाडी बुटवलका रेगन श्रेष्ठ र अपांगता भएका जमिर मियालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology