Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तीजलाइ साँस्कृतिक पर्वका रुपमा मनाउनुपर्नेमा जोड

तीजलाइ साँस्कृतिक पर्वका रुपमा मनाउनुपर्नेमा जोड

  • 2.0K
    SHARES

  • तीजलाइ साँस्कृतिक पर्वका रुपमा मनाउनुपर्नेमा जोड

    बुटवल,भदाै २२ ।

    तीज पर्वलाई समयसापेक्ष जगेर्ना गर्न आवश्यक रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

    होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबार बुटवलमा भएको तीज मिलन कार्यक्रम २०८० मा बोल्ने बक्ताहरुले भड्किलो नाचगान र खानपिनभन्दा संस्कृति पर्वका रुपमा मनाउनुपर्ने सुझाव दिए ।कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले उद्घाटन गर्दै महिलाप्रति नकारात्मक संस्कार, संस्कृतिको अवशेष बाकि रहेको भन्दै यसलाई चिर्न अझै पनि बाकि रहेको बताईन ।

    आर्थिक रुपमा सबल नभई महिला नेतृत्वमा आउन नसक्ने भन्दै उनले महिला सशक्तीकरणलाई जोड दिनुपर्ने बताईन। तिज मिलनको नाममा नाचगान र रमाईलोमात्र नभई नया योजना बनाउने रुपमा रहेको बताईन। पहिले भिन्न संस्कार र संस्कृतिको रुपमा मनाईने समाजमा हेलाहोचो, बुहारीको बेदला पोख्ने रुपबाट वर्तमान समयमा आईपुगेको उनले बताईन ।

    हरेक पर्व धार्मिक संस्कृति मुल्यमान्यतामा जोडिएको उनले बताईन । महिलाहरुलाई कमजोर बनाउने संस्कार र संस्कृति जोडेर अहिलेको अवस्थामा आईपुगेको उनले बताईन । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधव नेपालले दुख पोख्ने दिनमात्र नभई अधिकार प्राप्ति गर्ने दिनका रुपमा रहेको बताए । एउटा कार्यक्रमबाट आन्तरिक पर्यटन प्रवद्घर्नको क्षेत्रमा समेत महत्वपूर्ण योगदान मिल्ने उनले बताए ।कार्यक्रममा याक ब्रुअरी प्रालिका डिपुटी म्यानेजर प्रितम गिरिले वर्षको एक दिन महिलाहरुलाई रमाईलो गर्ने दिनको रुपमा मनाउने गरि संस्थागत सहयोग गरिएको बताए ।

    गुणस्तरीय उत्पादनलाई जोड दिएको भन्दै उनले स्वदेशमा उद्योग गर्न धेरै कठिनाईहरु रहेको दुखेसो गरे । तीजलाई संस्कृतिको रुपमा जोगाउने गरि कार्यक्रम गरिएको उनले बताए ।कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले संघको वार्षिक योजना अनुसार ब्यवसायमा आवद्घ महिलाहरुलाई मनाउने गरि कार्यक्रम गरिएको बताए । पर्यटन ब्यवसायको रुपमा मान्यता लिएर होटल ब्यवसायलाई सरकारबाट आवश्यक सहयोग हुनुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव खनालले तिज पर्व महिला अधिकार प्राप्तिमा महत्वपूर्ण रहेको बताए। वर्षभरिको दुखेसो पहिचान बनाएको बताए । देशमा लामो राजनितिक परिवर्तनका बिच महिलाका धेरै अधिकार प्राप्त हुने बताए ।

    कार्यक्रमका संयोजक माधव ढकाल, सीता ढकालले लैगिक हिसा अन्त्य गर्ने अभियानमा तिज मिलन कार्यक्रम फलदायी हुनेमा आशाबादी रहेको बताए ।

    कार्यक्रममा लोकदोहोरी गितसंगितबाट कलाकारहरु प्रचण्ड जिसी, सिता रानामगरले मनोरञ्जन दिएको कार्यक्रमको संचालन विकास भट्टराईले बताए।

    कार्यक्रमको संचालन संघका महासचिव अर्जुन थापाले गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology