Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजन : १६ औँ बार्षिकोत्सवमा सरसफाइ तथा बृक्षरोपण

बुद्ध सामुदायिक टेलिभिजन : १६ औँ बार्षिकोत्सवमा सरसफाइ तथा बृक्षरोपण

  • 1.6K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजन : १६ औँ बार्षिकोत्सवमा सरसफाइ तथा बृक्षरोपण

    बुटवल,भदाै २२ ।

    रुपन्देहीको बुटवलबाट संचालित बुद्ध सामुदायिक टेलिभिजनले १६ औँ बार्षिकोत्सवका अवसरमा आज सरसफलाइ कार्यक्रम गरेको छ ।

    साप्ताहिक कार्यक्रम गरेर बार्षिकोत्सव मनाइरहेको टेलिभिजनले आज बुटवलको अस्पताललाइनदेखि पुरानोबसपार्क सम्म मुख्य राजमार्ग छेउछाउ र डिभाइडरमा सरसफाइ गर्दै बृक्षारोपण गरेको हो ।

    बुटवल उपमहानगरपालिकाले चलाइरहेको हरियाली र सरसफाइ अभियानमा हालेमालो गरेकोमा बुटवल उपमहानगरका उपप्रम्ख साबित्रादेवी अर्यालले टेलिभिजनलाइ धन्यबाद दिनुभयो । उहाँले यो अभियानमा सबैको हातेमालो हुनुपर्ने बताउनुभयो ।

    शान्तिका लागि संचार अभियानद्धारा  संचालित टेलिभिजन बिस २०६५ सालको ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो । टेलिभिजनले भदौ २० गते एक समारोहका बिच वार्षिकोत्सवको शुभारम्भ समारोहको गरेको टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले बताउनुभयो । बुटवल उपमहानगरका कार्यकारी अधिकृत टेकराज पन्थीले नगरको अभियानमा टेलिभिजनाले गरेको सहयोग प्रशंसानीय भएको उल्लेख गर्नुभयो ।safai.jpg

    वार्षिकोत्सवको अवसरमा यही भदौ २५ गते गौ संरक्षण बहस , २६ गते स्थानीय तहमा सुशासनको लागि मिडियाको भूमिका अन्तक्रिया र २७ गते हरितालिका तिजको अवसरमा समापन तथा तिज विशेष कार्यक्रमको आयोजना हुनेछ ।

    sarsafai.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology