Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँगाउँ माध्यमिक विद्यालयले गर्यो ट्राफिक सचेतना कार्यक्रम

नयाँगाउँ माध्यमिक विद्यालयले गर्यो ट्राफिक सचेतना कार्यक्रम

  • 1.7K
    SHARES

  • नयाँगाउँ माध्यमिक विद्यालयले गर्यो ट्राफिक सचेतना कार्यक्रम

    बुटवल,भदाै २२ ।

    नयाँगाउँ माध्यमिक विद्यालयले ट्राफिक सचेतना कार्यक्रम गरेको छ । वार्षिक कार्यक्रम अनुसार विद्यालयले साप्ताहिक कार्यक्रम अन्तर्गत शुक्रबार ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।

    कार्यक्रममा ट्राफिक ब्यवस्थापन कार्यालयका बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेको समूह र नयाँगाउँ प्रहरी चौकीको सहयोग र प्रशिक्षण रहेको थियो ।

    उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, सहायक प्रधानाध्यापकहरु लगायत शिक्षक तथा करिब ५०० विद्यार्थीसहितको बृहत र्याली आयोजना गरिएको थियो ।

    विद्यालय बाट सुरु भएको र्याली नयाँगाउँ चोक, बेलबास चोक हुँदै विद्यालयमै आएर समापन भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology