Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जनामा कोरोना सङ्क्रमण,थप १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जनामा कोरोना सङ्क्रमण,थप १५ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जनामा कोरोना सङ्क्रमण,थप १५ जनाको मृत्यु

    बुटवल, मंसिर २८-

    पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको छ । नेपालमा अहिले ११ हजार छ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology