Logo बिहिवार, आश्विन १ गते २०८३
images

वेष्ट्रन क्रिकेट एकेडेमी बुटवलद्वारा राष्ट्रिय खेलाडीलाई सम्मान

वेष्ट्रन क्रिकेट एकेडेमी बुटवलद्वारा राष्ट्रिय खेलाडीलाई सम्मान

  • 2.6K
    SHARES

  • वेष्ट्रन क्रिकेट एकेडेमी बुटवलद्वारा राष्ट्रिय खेलाडीलाई सम्मान

    बुटवल, भदौ १९ ।

    रुपन्देहीबाट राष्ट्रिय टिममा खेल्ने पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरिएको छ ।

    युवा खेलाडी उत्पादनमा योगदान दिदै आएको वेष्ट्रन क्रिकेट एकेडेमी र वर्ड लिङ्क प्रालिले सोमबार बुटवल देविनगरमा यु —१६, यु—१९ को राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका पुरुष र महिला खेलाडीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको हो ।

    नेपाल भारत बिच भएको एसिया कप लाईभ प्रसारण गरिरहेको देविनगरमा वर्ड लिङ्क बुटवलका ब्राण्ड म्यानेजर देमलाल भुषाल, लुम्बिनी क्रिकेट संघका सदस्य प्रथम पराजुली, देविनगर प्रहरी बिटका प्रमुख लक्ष्मण न्यौपाने, वेष्ट्रन क्रिकेट क्लबका अध्यक्ष भुवन पाण्डे, खेलप्रेमी निर्मल रुचालले यु–१६ का सागर गैरे, यु–१९ महिला खेलाडी सुश्मिता भुषाल, आश्मा पुलामी मगर, यु—१९ अभिषेक गौतमलाई सम्मान गरेका थिए ।

    वेष्ट्रन क्रिकेट क्लबका अध्यक्ष भुवन पाण्डेले युवा खेलाडीहरुलाई प्रोत्साहन मिल्ने गरि सम्मान गरिएको बताए । धेरै युवा खेलाडी उत्पादन गरेको रुपन्देहीमा पुर्वाधारको अभाव रहेको उनले दुखेसो गरे । साथै एसिया कप २०२३ को पनि बुटवल देवीनगर चाैपारीमा लाइभ गरिएको थियो ।

    cri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology