Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा यसरी भैरहेको छ मतदान (फोटोफिचर)

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा यसरी भैरहेको छ मतदान (फोटोफिचर)

  • 4.1K
    SHARES

  • एमाले लुम्बिनी प्रदेश अधिवेशनमा यसरी भैरहेको छ मतदान (फोटोफिचर)

    बुटवल,भदौ १९ ।

    बुटवलमा जारी नेकपा एमालेका प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा मतदान जारी छ ।चारदिनसम्म सहमतिको प्रयास गरेपनि असफल भएपछि आज बिहानबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । अधिवेशनको भदौ १६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

    रुपन्देहीको बुटवलमा रहेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा शुरु भएको छ ।lumbini uml voting  (11).jpg

    बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताउनुभयो  कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका मानिनुहुन्छ ।

    लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको हो ।lumbini uml voting  (3).jpglumbini uml voting  (6).jpglumbini uml voting  (8).jpg

    vote.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology