Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड१९ लाख भेटी संकलन

पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड१९ लाख भेटी संकलन

  • 5.2K
    SHARES

  • पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड१९ लाख भेटी संकलन

    ताप्लेजुङ,भदौ १९ ।

    ताप्लेजुङको  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार ८०० भेटी संकलन भएको हो। समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ।

    नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार ४९८, सिक्का सटहीबाट आठ लाख १५ हजार ६००, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४०० तीन र भेटीवापतको भारु १० लाख ८४ हजार ३०० संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

    समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख भेटी संकलन भएको थियो । उहाँले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार २०५ जम्मा रहेको बताए। पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए।

    भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology