Logo बिहिवार, आश्विन १ गते २०८३
images

उखु किसानको आन्दोलनलाई विवेकशील साझा पार्टीको समर्थन

उखु किसानको आन्दोलनलाई विवेकशील साझा पार्टीको समर्थन

  • 2.4K
    SHARES

  • उखु किसानको आन्दोलनलाई विवेकशील साझा पार्टीको समर्थन

    बुटवल, मंसिर २८-

    काठमाडौं पुगेका उखु किसानहरुलाई विवेकशील साझा पार्टीले समर्थन गरेको छ । 

    ‘उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका संघर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ,’ आइतबार सो पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

    गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो । तर उक्त सहमति कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसानहरु आन्दोलन गर्न भन्दै काठमाडौं आएका छन् । उनीहरुले आइतबार माइतीघरमा प्रदर्शन गर्दैछन् ।

    विवेकशील साझाले भनेको छ, ‘काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पंक्तिमा पनि अनुरोध गर्दछौं ।’

    उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थालेको भन्दै विवेकशील साझाले खेद प्रकट गरेको छ । साथै उसले समस्या समाधानका लागि जिम्मेवार बन्न सरकारलाई अनुरोध गरेको छ ।

    विवेकशील साझाले भनेको छ, ‘यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको छ । यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि संघर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौं ।’

    विवेकशील साझाले कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनुपर्ने जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology