Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुत्केरीमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय : बालेन साहको सचिवालय

सुत्केरीमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय : बालेन साहको सचिवालय

  • 1.5K
    SHARES

  • सुत्केरीमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय  : बालेन साहको सचिवालय

    काठमाडौं, भदौ १८ ।

    काठमाडौँ महानगरप्रमुख बालेन्द्र साहको सचिवालयले सुत्केरी अवस्थाकी पत्नी सविना काफ्लेमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय भएको जनाएको छ । 

    सुत्केरी अवस्थामा रहनुभएकी साह पत्नी काफ्लेको स्वास्थ्यमा हिजो शनिबार एकाएक जोखिमयुक्त स्थिति देखिएकोले स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पको रूपमा गृह मन्त्रालयले सहमति दिएको महानगरको सरकारी गाडी प्रयोग गरिएको सचिवालयले जनाएको छ ।

    शाहका स्वकीय सचिव भूपदेव शाहले एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराएर फर्कने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा नगर प्रमुखसहितको परिचय खुलेपछि ट्राफिक प्रहरीले झन् आक्रामक व्यवहार गरेको बताउनुभयो । 

    प्रहरीले मानवीय संवेदनशीलताको समेत ध्यान नदिई सात मिनेट गाडीलाई सडक किनारमा राखेर असान्दर्भिक र मनोमानी प्रश्न गरेको उहाँको भनाइ छ । सचिवालयले सार्वजनिक यातायात सुव्यवस्थाका लागि ट्राफिक प्रहरीको आचरणप्रति नागरिक विश्वस्त हुनसक्नुपर्ने समेत बताएको छ ।1.jpg2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology