Logo बिहिवार, आश्विन १ गते २०८३
images

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

  • 2.7K
    SHARES

  • काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम  ४.५ डिग्री सेल्सियस

    बुटवल, मंसिर २८-

     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो ।

    मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस थियो । ‘आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । पौने ९ बजे फेरि मापन गर्दा ४.५ डिग्री सेल्सियस पाइयो,’ पोखरेलले भनिन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसैगरी प्रदेश नं.१ र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद पोखरेलले बताइन् ।

    केही ठाउँमा लागेको हुस्सु र कुहिरो पनि विस्तारै हट्दै गएको उनले बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology