Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर

  • 6.0K
    SHARES

  • गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर

    बुटवल,भदौ १७ ।

    गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष उषा खत्री अध्यक्षतामा र लुम्बिनी प्रदेश साम्सद धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको  हो । 

    कार्यक्रममा मौलिक झल्किने तीज गित महिला दिदी बहिनीहरुले आफै गाएर नाचेर मनोरञ्जन गर्नुभएको थियो । सह सचिब सुमित्रा ट्न्डनको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस सांसदधनेन्द्र कार्कीले यस्ता कार्यक्रमले सस्कृती संरक्षण गर्ने बताउनुभयो ।

    गुल्मी दरबार गाउपालिका का अध्यक्ष सरोजकुमार थापाले  समाजलाइ गाउपालिकाको पनि साथ र सहयोग रहेको बताउनु भएको थियो ।त्यस्तै कार्यक्रममा तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडयाल , गुल्मी दरबार गौपालिका वडा न ७ का वडा अध्यक्ष सलिकराम ट्न्डन , सल्लाहकार लछ्मन अर्याल ले सुभकामना मन्तब्य राख्नुभएको थियो।

    कार्यक्रममा समाजका आजीवन सदस्य सहित करिब ९ सय जना बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समाजका सचिव विकास टण्डनले गर्नु भएको थियो।

    सो अवसरमा गुल्मी दरबार गाउपालिकाका अध्यक्ष सरोज कुमार थापा,तिलोत्तमा नगरपालीका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल,गुल्मी दरबार गाउपालिका वडा नं ७ का वडा अध्यक्ष सालिकराम ट्न्डन , वडा नं ६ का वडा अध्यक्ष मुकेस थापा, वडा न ५ का वडा अध्यक्ष गुनानिधी शर्मा पौड्याल , कार्यपलिका सदस्य इस्वरी परियार , वडा न ७ का वडा सद्स्य राम कुमार श्रेष्ठ , गङग निमाबिका प्रधानाध्यापक इन्द्र थापा , निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्की , कड बहादुर ट्न्डन , साबित्रा ट्न्डन को आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा नृत्य प्रस्तुत गर्दै पिन्सा कार्की , एजिस्ना पौडेल,एलिना केसी ले थप रमाइलो प्रदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology