Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित 

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित 

  • 1.6K
    SHARES

  • बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित 

    काठमाडौं, भदौ १५ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरे। पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे। 

    उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले रुपक रञ्जितलाई २३-१४ मतले पछि पारे। सचिवमा प्रशन्न शाक्य निर्वाचित भए। उनले प्रज्वल सापकोटालाई २३-१४ कै अन्तरमा पछि पारे। सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए। उनले विजय बोहरालाई पछि पारे। 

    सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए।

    यससँगै नेपाल क्रिकेट संघअन्तर्गतका सबै प्रदेशका निर्वाचन सकिएका छन्। क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology