Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलमा बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते

बुटवलमा बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते

  • 8.0K
    SHARES

  • बुटवलमा बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते

    बुटवल,भदाै १५।

    बिजुलीको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर बुटवलमा एक जना गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा दाङको राप्ति गाउँपालिका घर भई बुटवलमा बसेर विद्युतको काम गर्ने २२ वर्षीय डोलराज बुढा मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

    बुढा मगरलाई शुक्रबार दिउँसो बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका बुढा मगरको उपचारका लागि बुटवलको कालिकानगर स्थित चौराहा हस्पिटलमा उपचार शुरू गरिँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र १५ २०८००१:१७:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology