Logo बिहिवार, आश्विन १ गते २०८३
images

यसरी मनाइयो बुटवलमा सांस्कृतिक गाईजात्रा (फाेटाेफिचर)

यसरी मनाइयो बुटवलमा सांस्कृतिक गाईजात्रा (फाेटाेफिचर)

  • 7.5K
    SHARES

  • यसरी  मनाइयो बुटवलमा सांस्कृतिक गाईजात्रा (फाेटाेफिचर)

    बुटवल,भदाै १४।

    रुपन्देहीको बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । बुटवल उपमहानगरपालिका –१ मा गाईजात्रा निकालिएको हो ।

    फरक फरक नाममा गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गरिन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

    बुटवल –१ मा गत साल दिवंगत हुनुभएकी सेतीलक्ष्मी श्रेष्ठलगायतको सम्झनामा गाइजात्रा (सापारु) निकालिएको नेवा पुच बुटवलका अध्यक्ष काजिमान श्रेष्ठले बताउनुभयो । सो अबसरमा बुटवल नगरप्रमुख खेलराज पाण्डेयले ‘गाईजात्रा’ सांस्कृतिक पर्वलाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । 

    GAI JATRAA.jpgGAI JATRA BUTWAL.jpgGAI JAT.jpgJATRA.jpgJATRAA.jpgSAPARU GAIJATRA.jpg

    gai jatra butwal newa.jpg

    भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology