बुटवल,भदौ १९।
रुपन्देहीकाे तिलाेत्तमाका युवाहरुले ‘घरघरमा खाद्यान्न’ अभियान शुरु गरेका छन् । लामो समयकाे निषेधाज्ञा र लकडाउनका भाेकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि अभियान थालिएकाे युवा उद्यमी कुमार दुबेले नागरिक अनलाइनलाइ बताए ।
काेराेना महामारी र लकडाउन अवधिभरका लागि फुड बैंक एट याेर डाेर स्टेप नामक अभियान चलाइएकाे उनकाे भनाइ छ ।‘ तिलोत्तमा नगरपालिकाकाभित्र यदी कसैलाई खानकै लागि समस्या परे सम्पर्क गर्नुहोला हामी खाद्यान्न सहयोगका लागी तपाईको घर घरमा आउने छौ ।’उनले भने।
चोक चौराहामा फुड बैँक राख्दा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले सुरक्षा र सावधानी अपनाउदै घर घरमा खाद्यान्न पुर्याउने गरिएकाे उनकाे भनाइ छ ।याे अभियानमा जोडिन चाहने र सहयोग गर्न चाहनेलाइ सहकार्य गर्न तयार रहेकाे काँग्रेस नेता समेत रहेका युवा ब्यबसायी दुबेले जानकारी दिए ।
साे अभियानमा तिलाेत्तमा ५ का दुबे र तिलाेत्तमा ६ का लक्ष्मण गाैतमले नेतृत्व गरिरहेका छन् । भाेकै हुनेहरुकाे घरघरमा १० किलाे चामल २ किलाे दाल १ पाेका नुन १ लिटर तेल र ६ पिस साबुन दिइएकाे छ ।
लक्ष्मण गौतम तरुण दलका रुपन्देही सदस्य हुन् भने कुमार दुबेे कांग्रेस युवा नेता तथा लुम्बिनी प्लेट दानाका अध्यक्ष हुन् । यहि खानाका लागि समस्या भएमा तपाइहरुले कुमार दुवे - ९८१७४५६९०४ र लक्ष्मण गौतम - ९८५७०४२७७६ लाइ सम्पर्क गरेर सहयाेग लिन उनीहरुकाे अनुराेध गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)