बुटवल,भदौ १३।
पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये पाँच जना घाईते भएका छन् ।
पहिरोमा च्यापिएका तीन जनालाई अझै सम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ । घटनाबारे थप बिवरण आउन बांकी छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)