Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति

भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति

  • 2.7K
    SHARES

  • भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति

    बुटवल,भदौ ९ ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ ५ गते आइपीओ निष्कासनको स्वीकृति पाएको हो।

    यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाएको अध्यक्ष जगतबहादुर पाेखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।rotari lumbini.jpg

    बोर्डबाट निष्कासनको अनुमति पाइसकेको यस कम्पनीले अबको केही समयमै ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ।

    कम्पनीले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्‍चालन गरिरहेको छ। आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना रहेको कम्पनीको विश्‍वास छ।

    आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो।

    हेराैँ भिडियो :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology