Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लब अफ लुम्बिनीद्वारा बुटवलमा रक्तदान, ७१ पिन्ट संकलन

रोटरी क्लब अफ लुम्बिनीद्वारा बुटवलमा रक्तदान, ७१ पिन्ट संकलन

  • 2.6K
    SHARES

  • रोटरी क्लब अफ लुम्बिनीद्वारा बुटवलमा रक्तदान, ७१ पिन्ट  संकलन

    बुटवल,भदौ ९ ।

    रोटरी क्लब अफ लुम्बिनीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको आर्थिक सहयोगमा वुटवल अमरपथमा रक्तदान कार्यक्रम भएको हो ।

    क्लवका बर्ष २०२३-२४ का अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । क्लवका एसिस्टेन्ट गर्भनर यादवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा क्लवका सल्लाहकार एजाज आलमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जोन २६ का एसिस्टेन्ट गर्भनर सुरज क्षेत्री,क्लवका संस्थापक अध्यक्ष थानेश्वर पाण्डे,क्लवका सचिव उमापति भुषाल लगायतले बोलेका थिए ।

    आजका रक्तदातामध्ये १७ जनाले पहिलो पटक रक्तदान गरेका हुन् ।प्रमुख अतिथि  भण्डारीले रोटरी वर्ष २३-२४ यस क्लवले धेरै राम्रो सामाजिक कार्य गर्दै आएको र अन्य सामाजिक काम गर्न सुझाव दिए ।क्लवका सल्लहाकार  आलमले रोटरीले गर्ने सामाजिक गतिविधिले सामाजिक कार्यमा संलग्न हुन प्रेरीत गर्ने बताए ।

    क्लवका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड वुटवल शाखा प्रमुख लक्ष्मण सुवेदीले क्लवले यस वर्ष शिक्षा, स्वास्थ, वातावरण, सरसफाई  लगायतका विषयमा काम गरीरहेको वताए । रक्त सञ्चार केन्द्र वुटवलको प्राविधिक सहयोगमा कार्यक्रममा भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology