Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्तिर्ण बिद्यार्थीलाई बधाई तथा सम्मान

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्तिर्ण बिद्यार्थीलाई बधाई तथा सम्मान

  • 3.4K
    SHARES

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्तिर्ण बिद्यार्थीलाई बधाई तथा सम्मान

    बुटवल,भदाै ९ ।

    सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल ५ मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भर्खरै प्रकाशित कक्षा १२ को परिक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका सबै त्यस्तैगरी एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री र एमबिएस दोस्रो सेमेष्टरमा नेपाल तृतीय हुने रिता श्रेष्ठसहित उत्तिर्ण बिद्यार्थीहरुलाइ टीका,खादा र मायाको चिनोले सम्मान गरिएको छ । SGBC BUTWAL.jpg

    क्याम्पसका अध्यक्ष निर्मल लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,सहायक क्याम्पस प्रमुख रमेश पाण्डे,मनाेज सापकोटा, बिभागिय प्रमुखहरु टीकाराम घिमिरे,रामनाथ उपाध्याय,कृष्णप्रसाद खनाल,एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री लगायतले बोल्दै यसक्षेत्रकै नमुना क्याम्पसलाइ शैक्षिक क्षेत्रमा सधै अब्बल बनाउन सबै लाग्नुपर्ने बताएका थिए । SIDDHARTHA CAMPUS.jpg

    सो अबसरमा बोल्दै अध्यक्ष लाकौलले बिद्यार्थीको उच्च शिक्षाको थप सफलताको शुभकामना दिदै सबैका लागि शिक्षा दिन सक्ने क्याम्पस रोज्नुपर्ने धारणा राख्नुभयो ।

    CAMPUS.jpg

    क्याम्पस प्रमुख बिष्णुप्रसाद रानाले सबैको योगदानका कारण अहिलेको नतिजा आएको स्मरण गर्नुभयो । सहायक क्याम्पस प्रमुख रमेश पाण्डेले गुणस्तरीय शिक्षाकै कारण अहिलेको बजारमा क्याम्पसका पूर्व बिद्यार्थीहरुले बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो । SGBC.jpg

    कार्यक्रममा स्नातकोत्तर तहमा अध्यापन गराउने प्राध्यापकहरूलाइ समेत टीका खादाले सम्मान गरिएको थियो । बिस २०४८ सालमा स्थापित क्याम्पसमा कक्षा ११-१२,स्नातक तथा स्नातकोत्तर तहमा ब्यबस्थापन,शिक्षा र मानविकी संकायमा अध्ययन-अध्यापन हुदै आएको छ ।

    क्याम्पसमा स्नातकतहमा नयाँ भर्ना हुनेका लागि बिभिन्न शुल्कमा छुटबारेमा जानकारी समेत समाराेहमा जानकारी दिइएको छ । 

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology