बुटवल,भदाै ८ ।
बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजमा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा कार्यक्रम भएको हो ।
कलेजमा बिबिएस, बिएड, बिआइएम र बिएचएम मा गरी १ हजार २६५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । २०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो ।

क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए । त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दामी समेत गर्न थालेको मरासिनीले बताए ।
त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम भएको क्याम्पसका बिएचएम तथा बिआइएमका संयोजक ओमबहादुर कार्कीले बताए ।
रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस साईटाईटी रक्त सञ्चार सेवा केन्द्र बुटवलको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक कर्माचारीहरु ६० जनाले रक्तदान गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)