Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कञ्चन गाउँपालिकामा काम नगर्ने व्यवसायीलाई कारवाहीसहित जरिवाना

कञ्चन गाउँपालिकामा काम नगर्ने व्यवसायीलाई कारवाहीसहित जरिवाना

  • 2.1K
    SHARES

  • कञ्चन गाउँपालिकामा काम नगर्ने व्यवसायीलाई कारवाहीसहित जरिवाना

    बुटवल,भदाै ८ ।

    रूपन्देहीको कञ्चन गाउँपालिकाले विकास निर्माणको काममा ढिलासुस्ती गर्ने, समय लम्ब्याउने र निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरेको छ ।

    कञ्चनको पछिल्लो सकृयताले कञ्चन गाउँपालिका आर्थिक अनुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको बाटोमा अघि बढेको देखिएको छ ।

    कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयासले सम्मृद्ध कञ्चनको सपना पूरा हुने देखिएको छ । पालिकाले विकासको काममा हुने ढिलासुस्तीलाई स्वीकार नगर्ने पालिकाको पछिल्लो कारवाहीले स्पष्ट गरेको छ । पालिकामा गत आर्थिक बर्षमा करिव ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने अक्सफाल्ट प्रबिद्धिको प्रयो गरि बाटो पिच गरेको छ भने १२ किलोमिटर सडक ग्राभेल भएको छ ।

    पालिकाले काम ढिलो गर्ने निर्माण व्यवसायीलाई ३ लाख ३५ हजार जरिवाना गरेको छ पालिकाका ईन्जिनियर सुवोध ज्ञवालीले बताए ।
    पालिकाले आर्थिक अनुशासन, खर्चमा मितब्ययीता, भ्रष्टाचारविरुद्ध सून्य सहनशीलताको नीति अविम्वन गरेर अघि बढेकोमा निर्माण व्यवसायीले पनि पालिकाको कामलाई सकारात्मक लिएका छन् ।

    पालिकाले निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई जरिवाना गरेर चेतावनी दिएको भन्दै पालिकाको यस्तो अग्रसरताबाट निर्माण व्यवसायीमा सुधार हुनुपर्ने खाँचो रहेको निमार्ण ब्यवसायी आशिष ज्ञवालीले बताए । आफूले गर्ने काममा प्राबिधिक कारणले ४ दिन ढिला भएको स्विकार गदै ब्यवसायी ज्ञवालीले कञ्चनले गरेका कार्यको मुक्तकण्ठले प्रशंषा गरेका छन् । ढिलो काम गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्दा निर्धारित मितिभन्दा अगावै गुणस्तरीय काम गर्ने व्यवसायीलाई प्रोत्साहन पनि दिनुपर्ने ज्ञवालीको भनाई रहेको छ ।
    पछिल्ला दिनमा कञ्चन गाउँपालिकामा पूर्वाधार विकास र निर्माणका कामहरू भइरहेको छ । गाउँपालिकाको सबै वार्डहरूमा

    जनप्रतिनिधिहरूको सक्रियता बेस्करी देख्न सकिन्छ । त्यसमाथि पालिकाले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न दवाव नै दिने गरेको छ भने पालिकाको पछिल्लो निर्णयले ठेक्काको काम गर्नेहरूलाई समेत काम छिटो गर्न दवाव बढेको छ । त्यसैगरी सेवाग्राहीलाई पटकपटक गाउँपालिकासम्म आउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले एकलाख वा सो भन्दा कम रकम विनियोजन भएका योजना तथा कार्यक्रमहरूको हकमा गाउँपालिकाबाट अधिकार प्रत्यायोजन गरेर वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाइएको छ ।

    कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम निर्धारित मितिभन्दा दुई दिन ढिलो गर्ने निर्माण व्यवसायीलाई समेत कारवाही गरिएको बताउँदै औचित्य पुष्टी नहुने कामको म्याद थप नगर्ने पालिकाकोे नीति रहेको बताए । उनले निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही मात्र होइन छिटो काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन पनि दिने बताए ।

    अहिले गाउँपालिकाको कार्यकक्षमा सेवाग्राही सहायता कक्षको स्थापना गरी सेवाग्राहीलाई सहज तरिकाले सेवा प्राप्त हुने वातावरण पालिकाले मिलाएको छ । कञ्चन गाउँपालिकालाई सुशासनमैत्री पालिकाको रूपमा विकास गर्न पालिकाको प्रशासन संयन्त्रले सकृयतापूर्वक काम गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology