Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्व ज्यातिष महासंघ लुम्बिनीद्वारा रक्तदान, ३७ पिन्ट संकलन

विश्व ज्यातिष महासंघ लुम्बिनीद्वारा रक्तदान, ३७ पिन्ट संकलन

  • 1.4K
    SHARES

  • विश्व ज्यातिष महासंघ लुम्बिनीद्वारा रक्तदान, ३७ पिन्ट संकलन

    बुटवल,भदाै ३ ।

    विश्व ज्यातिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देही रक्तसञ्चार केन्द्र बुटवल ब्लड वैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । 

    विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानेले महासंघ ज्योतिषीय संस्था भएपनि यसले विभिन्न सामाजिक कार्य गरिरहेको र यो कार्यक्रम पनि त्यसकै निरन्तरता रहेको बताए ।

    रक्त अभावले कसैले दुःख पाउनु हुँदैन भन्ने उद्धेश्य अनुरुप यस संस्थाले वर्षमा २ पटक रक्तदान कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताएका छन् । 

    यस्तै रक्तदान कार्यक्रमका संयोजक कमल पौडेलले संस्था स्थापना भएको दुई महिना भित्रैमा एउटा राष्ट्रियस्तरको सम्मेलन र दोस्रो रक्तदान जस्तो पुण्यकर्म गर्न पाउँदा आध्यात्मिक एवं धार्मिक व्यक्तिहरुलाई निकै उर्जा मिलेको बताए ।  

    यस्तै संस्थाले अब निरन्तर रुपमा परिणाममुखी प्रशिक्षणात्मक एवं विभिन्न सामाजिक कार्य गरिरहने कुरा पनि उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology