Logo बुधवार, श्रावण १३ गते २०८३
images

धादिङ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना,२६ जना घाइते

धादिङ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना,२६ जना घाइते

  • 4.5K
    SHARES

  • धादिङ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना,२६ जना घाइते

    धादिङ,भदौ २ ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

    तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

    बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology