Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्ड थैव स्मृति नकआउट फुटबल :दोस्रो चरणको पहिलो खेलमा झरना स्पोर्टस् विजयी

प्रचण्ड थैव स्मृति नकआउट फुटबल :दोस्रो चरणको पहिलो खेलमा झरना स्पोर्टस् विजयी

  • 2.4K
    SHARES

  • प्रचण्ड थैव स्मृति नकआउट फुटबल :दोस्रो चरणको पहिलो खेलमा झरना स्पोर्टस् विजयी

    बुटवल,मंसिर २६- 

    बुटवलमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगितामा दोस्रो चरणको पहिलो खेलमा झरना स्पोर्टस् विजयी भएको छ ।

    झरनाले आयोजक सौभाग्य युवा क्लब ‘बी’लाई २-१ को गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा झरनाका जर्सी नम्बर ६ का डेभिड गुरुङले खेलको ७ औं मिनेटमा टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

    झरनाकै जर्सी नम्बर १० का मोहन थापाले ३६ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । सौभाग्यको तर्फबाट एक मात्र गोल जर्सी नम्बर ५ का अनिस शेरचनले गरेपनि जीतका लागि प्रयाप्त भएन ।

    प्रतियोगितामा झरनाका मिड फिल्ल्डर जर्सी नम्बर ८ का अञ्जन थापा म्यान अफ दि म्याच घोषित भएका छन् । शनिबार हुने प्रतियोगितामा ठुटी पिपल युवाक्लब र शिवनगर युवा क्लबका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर २६ २०७७०७:३१:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology