Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुष्पा मृत्युको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाको माग

पुष्पा मृत्युको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाको माग

  • 1.5K
    SHARES

  • पुष्पा मृत्युको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न  तिलोत्तमा नगरपालिकाको माग

    बुटवल,भदाै १ ।

    रुपन्देहीको तिलोत्तमा–४ ड्राइभरटोल निवासी पुष्पा टण्डनको मृत्यु घटना शंकास्पद देखिएको भन्दै तिलोत्तमा नगरपालिकाले निस्पक्ष छानविनको माग गरेको छ ।

    मेयर रामकृष्ण खाँणले विहिबार एक विज्ञप्ती जारी गर्दै घटना शंकास्पद देखिएकोहुँदा पीडित पक्षबाट बिरोध प्रदर्शनसमेत भैरहेकाले निष्पक्ष छानविन गरी घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

    ३६ वर्षीया पुष्पा साउन २७ गते रुपन्देहीको कञ्चन गाउँपालिकाको फायरलाइन जंगलमा रुखमा झुडिएको अवस्थामा फेला परेकी थिइन् ।

    सो घटना बारे निष्पक्ष छानविनको माग गर्दै तिलोत्तमा नगरपालिकाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ– ‘रुखमा झुण्डिएको अवस्थामा भेटिएको र शवको प्रकृति हेर्दा समेत शंकास्पद देखिएको हुँदा सोको विषयलाई लिएर पीडित पक्षबाट विरोध प्रदर्शन समेत भइरहेको अवस्थामा घटनाको निष्पक्ष छानविन गरी घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न प्रहरी प्रशासन समक्ष माग गर्दछौं ।’

    यस घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि तिलोत्तमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology