बुटवल,साउन ३२ ।
तिलोत्तमा नगरपालिकाले सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट वितरण गरेको छ । नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगर क्षेत्रभित्र सरसफाई तथा हरियाली प्रबद्र्धन गर्ने ४४ जना सरसफाईकर्मीहरुलाई विहीबार १र१ सेट रेनकोट तथा गम्बुट वितरण गरेका हुन् ।
रेनकोट तथा गम्बुट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरको सरसफाई र हरियाली प्रबद्र्धन गर्ने काममा सरसफाइकर्मीहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
अहिले वर्षाको समयमा सरसफाईकर्मीहरुलाई सहज होस् भनेर रेनकोट र गम्बुट वितरण गरिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)