Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘पानी परेको’ गीत फिमेल भर्सनमा पनि सार्वजनिक,अर्जुनलाइ सिम्रनको साथ !

‘पानी परेको’ गीत फिमेल भर्सनमा पनि सार्वजनिक,अर्जुनलाइ सिम्रनको साथ !

  • 2.2K
    SHARES

  • ‘पानी परेको’ गीत फिमेल भर्सनमा पनि सार्वजनिक,अर्जुनलाइ सिम्रनको साथ !

    बुटवल,साउन ३२  ।

    चर्चित गायक अर्जुन सापकोटाको ‘पानी परेको’ बोलको गीत हिट भएपछि  फिमेल भर्सनमा पनि साेही गीत ल्याएका छन् । ९ महिनाअघि उनको एकल स्वरमा सार्वजनिक गीतले स्रोता–दर्शकबाट माया पाएको थियो । 

    सोही गीतको फिमेल भर्सन सोमवार दिउँसो सार्वजनिक गरिएको हो । गीतमा नव प्रतिभा बागलुङकी सिम्रन परियारले स्वर दिएकी छन् । यसको भिडियोमा पनि स्रिमनले अभिनय गरेकी छन् । उनको जोडी बनेर अर्जुन स्वयंम प्रस्तुत छन् । साथमा बेगम नेपाली ‘भगभटे माइला’ पनि देखिएका छन् । 

    दुर्गा पौडेलले यसको छायांकन गरेका हुन् भने दीपक विष्टले सम्पादन गरेका हुन् । कृष्ण बस्यालको शब्द रहेको ‘पानी परेको’गीतमा अर्जुनको संगीत, सुनील परियारको एरेन्ज छ । 

    भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology