Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबिच भेटवार्ता

  • 1.2K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबिच भेटवार्ता

    काठमाडाैँ,साउन ३१ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको  थियो राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

    उहाँंका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभयो । 

    राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology