Logo बिहिवार, आश्विन १ गते २०८३
images

३.९६ जीपीएसहित अक्सफोर्ड माविको उत्कृष्ट नतिजा

३.९६ जीपीएसहित अक्सफोर्ड माविको उत्कृष्ट नतिजा

  • 930
    SHARES

  • ३.९६ जीपीएसहित अक्सफोर्ड माविको उत्कृष्ट नतिजा

    बुटवल,साउन ३१ ।

    कक्षा १२ को सार्वजनिक नतिजा अनुसार बुटवलको अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले ए प्लस ल्याएका छन् ।

    विज्ञान संकायमा अध्ययन गर्ने दिया भुसाल ३.९६ जिपिए ल्याएर उत्कृष्ट बनेकी छिन् ।त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० जिपिए अङ्‌क ल्याएका छन् भने सागर सिङ्‌ले ३.८५, अभियान रेग्मी ३.८२ जिपिए युवराज भण्डारीले ३.८१ जिपिए प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले नागरिक अनलाइनलाइ बताए।

    विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक सुमन भुसालले बताए।

    अक्सफोर्ड मावि बाट यस बर्षको नतिजामा ८६ प्रतिशत उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत अक्सफोर्डकाे नतिजा देशकै उत्कृष्ट भएकोमा विद्यार्थी ,अभिभावक ,प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology