Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ को नतिजा केहीबेरमा सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा केहीबेरमा सार्वजनिक हुँदै

  • 3.2K
    SHARES

  • कक्षा १२ को नतिजा केहीबेरमा सार्वजनिक हुँदै

    भक्तपुर,साउन ३० ।

    गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।

    बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जंगबहादुर अर्यालले दिनुभयो । नतिजा सार्वजनिक गर्ने प्रयोजनका लागि बोर्डको बैठक ४ः३० बजेबाट सुरु भएको छ ।

    यसरी हेराैँ नतिजा :

    कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

    त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology