Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलकाे कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० पुग्याे,आज थप एक जनाको मृत्यु

बुटवलकाे कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० पुग्याे,आज थप एक जनाको मृत्यु

  • 5.7K
    SHARES

  • बुटवलकाे कोरोना विशेष अस्पतालमा  मृत्यु हुनेको संख्या १० पुग्याे,आज थप एक जनाको मृत्यु

    बुटवल,भदौ १९। 

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

    आज थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

    भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

    संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या थियाे । अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology