Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थ राजमार्गको पहिरो हटाएर सडक सुचारु

सिद्धार्थ राजमार्गको पहिरो हटाएर सडक सुचारु

  • 1.3K
    SHARES

  • सिद्धार्थ राजमार्गको पहिरो हटाएर सडक सुचारु

    बुटवल,साउन २९ ।

    सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको सडक सुचारु भएको छ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित तिस माइलमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएकोमा बाटोमा खसेको पहिरो हटाई सडक सुचारु गराइएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

    मध्यराती खसेको पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहान ५ बजे देखि सडक डिभिजन कार्यालय पाल्पाको जेसिबिले पहिरो पन्छाएर केहीबेर अगाडि सडक संचालनमा ल्याएको हो ।

    पहिरो संगै रुख ढलेर सडकमा खसेको हुँदा पहिरो पन्छाउन करिब २ घण्टा बढी लागेको थियो । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण २९ २०८००२:५८:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology