बुटवल,साउन २७ ।
नेपाल जेसीजको क्षेत्र ‘घ’ को सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुने भएको छ । नेपाल जेसीज तिलोत्तमा शाखाको आतिथ्यतामा यही भदौ ८ र ९ गते सम्मेलन हुने भएको हाे ।
दुई दिनसम्म चल्ने सम्मेलनले तिलोत्तमाको पहिचानलाई अझ माथी उठाउने नेपाल जेसीज तिलोत्तमा शाखाका पुर्व अध्यक्ष तथा कार्यक्रम सह निर्देशक यादव भट्टराईले बताए । ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा उद्घाटन सत्रमा मात्र १ हजार ५ सय जनाको सहभागिता हुने क्लवका महासचिव महेश शर्मा पाैडेलले बताए ।
सम्मेलनमा ‘घ’ क्षेत्र अन्तर्गतका ५७ वटा क्लवका प्रतिनिधीहरुका साथै देशका अन्य शहरबाट पनि जेसीजको प्रतिनिधत्व हुने छ ।
सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधसभा सदस्य प्रदीप पौडेल, नेकपा एमालेका नेता प्रतिनिधसभा सदस्य योगेश भट्टराई,स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधसभा सदस्य उमेश झाको सहभागिता हुने छ । सम्मेलनमा सहभागि हुनेहरुका लागि प्रति व्यक्ति ६ हजार रजिष्टेशन शुल्क राखिएको छ ।
नेपाल जेसीज तिलोत्तमा शाखाका अध्यक्ष प्रकाश गौतमले सम्मेलन तिलोत्तमाको पहिचान अझ माथी उठ्नका साथै यस क्षेत्रको आर्थिक चलायमान पनि बढ्ने बताए । साथै सम्मेलनमा सहभागि बीच बक्तृत्वकला प्रतियोगिता, तालिम समेत हुने बिनाेद सुवेदीले बताए ।
सम्मेलनको भदौ ८ गते विहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)