Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मंसिर २८ गतेदेखि प्रथम तिलोत्तमा नगरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने

मंसिर २८ गतेदेखि प्रथम तिलोत्तमा नगरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने

  • 4.9K
    SHARES

  • मंसिर २८ गतेदेखि प्रथम तिलोत्तमा नगरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने

    बुटवल,मंसिर २६-

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने भएको छ ।

    प्रथम तिलोत्तमा नगरपालिका बड़ा स्तरिय पुरुष भलिबल प्रतियोगिता मंसिर २८ गतेदेखि ३० गतेसम्म आयोजना गर्न लागिएको आज नगरपालिकामा आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे । 

     स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, सबैका लागि खेलकुद भने मुल नारालाई सहित खेलको विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमको संयोजन गरेको नगर खेलकुद बिकास समितिले जनाएको छ ।

    खेल कार्यक्रमको संयोजन तिलोत्तमा वडा न ८ले गर्ने जनाइएको छ । कार्यक्रममा नगरपालिका भित्रका दश वटा टिम सहभागी हुनेछन् भने एउटा वार्ड बाट एक टिम मात्र सहभागी हुन पाउने आयाेजककाे भनाइ छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार  ट्रफी मेडल प्रमाणपत्र, द्वितियलाइ ३० हजार  ट्रफी मेडल प्रमाणपत्र र तृतियहुनेलाइ २० हजार ट्रफी मेडल प्रमाणपत्रसहित विधागत पुरस्कार समेत व्यवस्था गरिएको छ। बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर,  वेस्ट डिफेन्स,बेस्ट स्पाइकर,  बेस्ट सर्भर , अनुशासित खेलाडीलाई सम्मान गरिने छ । कार्यक्रमका लागि ५ लाख बजेट छुट्टाइएको छ ।

    खेलकुद प्रतियाेगितासंगै नगरपालिकाले अथेष्ट बजेट छुट्टाएको उपप्रमुख जागेश्वरी देबी चाैधरीले बताउनुभयाे ।

    यो वर्ष नगर खेलकुद विकास समितिले वडा स्तरिय भलिवल प्रतियोगिता,मेयर कप ब्याडमिन्टन प्रतियोगिता,विद्यालय स्तरिय छात्र छात्रा भलिबल उप मेयर खुला महिला भलिबल,मेयर कप रनिङ सिल्ड फुटवल ,विद्यालय स्तरिय फुटबल प्रतियोगिता ,विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता , ग्रास रुट स्तरिय फुटबल तालिम ,वडा स्तरिय क्रिकेट प्रतियोगिता  गर्ने जनाएको छ।

    कार्यक्रममा प्रबक्ता सुरन्द्र श्री लगायतले बाेल्नुभएको थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर २६ २०७७१२:२५:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology