Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका-मानवज्ञानमा पुगेर डा. बाबुरामले भने-‘ देश विकास गर्न सकारात्मक सोंच चाहिन्छ’

कालिका-मानवज्ञानमा पुगेर डा. बाबुरामले भने-‘ देश विकास गर्न सकारात्मक सोंच चाहिन्छ’

  • 2.1K
    SHARES

  • कालिका-मानवज्ञानमा पुगेर डा. बाबुरामले भने-‘ देश विकास गर्न सकारात्मक सोंच चाहिन्छ’

    बुटवल, साउन २६ । 

    पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवाहरुलाई देश विकास गर्न सकारात्मक सोंचका साथ लाग्नु सुझाव दिएका छन् ।

    देशमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक सोंचलाई चिर्ने गरी युवा वर्ग नै राजनीतिक नेतृत्वमा आउनुपर्ने उनले सुझाव दिए ।बुटवल कालिका कलेजका शिक्षक, विद्यार्थीहरुलाई आफ्नो अनुभव सुनाउँदै नेता भट्टराईले ब्यक्ति, परिवार, समाज, देश हुँदै विश्वलाई हेर्ने अन्तरसम्बन्धको विकास गर्न सकेमात्र जीवन सहज हुने दाबी गरे ।

    आफु एसएलसी दिंदाको स्मरण गर्दै थोरै डाक्टर पढ्नेहरु भएको बेला विदेश मोह भएका केही समकालीन साथीहरु गएपनि आफु स्वदेशमा बसेको बताए ।kalikaaa.jpg

    स्वदेशमै केही गरौ भन्ने भावनाका साथ राजनीतिमा लाग्दा अहिलेको परिवर्तन सम्भव भएको समेत उनले दाबी गरे ।  कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले पुर्व प्रधानमन्त्री भट्टराई समयसापेक्ष योजना र विकासप्रेमीको खाका बनाउन सक्ने क्षमतावान नेता भएको दाबी गरे । आफु पनि उही २०२६ सालको एसएलसी ब्याचमा पढ्दा देशभरमै प्रथम भएको ब्यक्ति भट्टराईको चर्चा भएको स्मरण गरे ।

    कार्यक्रममा कलेजका प्राचार्य घनश्याम पाठकले कलेज ब्यवस्थापनबाट सफल ब्यक्तित्वहरुबाट भित्र्याएर विद्यार्थीहरुसंग अन्तत्र्रिmया गर्ने अभ्यास गर्दै आएको बताए ।

    कार्यक्रममा कलेजका बिबिएस संयोजक बुद्धिराम चौधरीले सामुदायिक स्तरमा सञ्चालन भएको कान्छो कलेज छोटो समयमा धेरै सफलताहरु हासिल गर्न सफल भएको बताए ।यसैगरी पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कालिका मानव ज्ञान माविको समेत अवलोकन गरेका छन् । देशमै शैक्षिक उत्कृष्टता हासिल गरेको कालिकाको अध्ययन-अवलोकन गर्ने पदीय हिसाबबाट भट्टराई पहिलो उच्च ब्यक्ति भएको प्रधानाध्यापक दिनेश थापाले बताए ।kalika.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology