Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मायादेवी मन्दिरको जीर्णोद्धारमा ल्हारक्याल लामाले ७ करोड सहयोग गर्ने

मायादेवी मन्दिरको जीर्णोद्धारमा ल्हारक्याल लामाले ७ करोड सहयोग गर्ने

  • 1.8K
    SHARES

  • मायादेवी मन्दिरको जीर्णोद्धारमा ल्हारक्याल लामाले ७ करोड सहयोग गर्ने

    बुटवल, साउन २६ ।

    लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका जनाउनुभएको छ ।

    मन्दिरको जीर्णोद्धारका लागि शुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

    कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना गर्ने गरि कार्यकारिणी वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

    उपाध्यक्ष डा. लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको धरोहर बुद्धजन्मस्थल लुम्बिनी रहेको र मायादेवी मन्दिर त्यसको इतिहास भएकाले यसको संरक्षणका लागि जिर्णोद्धार गर्न प्रस्ताव राख्नुभयो ।

    उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको कार्यकारी वा परिषद बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने निर्णय भएको छ ।

    मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने र त्यहाँका पुरातात्विक संरचना नष्ट हुने जोखिम रहेकाले जीर्णोद्धार गर्ने गरी प्रस्ताव गरिएको उपाध्यक्ष लामाले बताउनुभयो । नवनियुक्त उपाध्यक्ष लामाले विहिबार पदभारग्रहण गर्नुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology