बुटवल,मंसिर २६-
अवैध रूपमा भन्सार छलेर ल्याएको ब्रोईलर कुखुराहरू जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बरामद गरेको छ ।
भारतबाट नेपाल तर्फ अवैध रूपमा भन्सार छलि, चोरी, पैठारी ,निकासी, गरी ब्रोईलर कुखुराहरू ओसारपोसार गर्दै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा १३२ गोटा ब्रोईलर कुखुरा बरामद गरेको हो ।
रोहिणी गाँउपालिका वडा नं ५ बिष्णुपुराबाट १३२ गोटा कुखुरा ,प्रति केजी रू ३००का दरले हुन आउने जम्मा मुल्य रु १ लाख १८ हजार ८सय रकम बराबरको ब्रोईलर कुखुरा बरामदगरी आवश्यक कारबाहिको लागी पशु क्वारेन्टाईन चेक पोष्ट वेलहिया भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता तथा प्रनाउ सत्य नारायण थापाले बताउनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)