काठमाडौं, साउन २५ ।
नेपाली कांग्रेसको संसदीय दल समितिकोे बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले ४ बजे आफनै निवासमा बोलाएको बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने छ ।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।
सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)