Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

रुपन्देहीमा अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

  • 1.4K
    SHARES

  • रुपन्देहीमा अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

    बुटवल, साउन २५ ।

    रुपन्देही प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।शुद्धोधन गाउँपालिका–३ दोगाना चोकबाट २ ग्राम २० मिलिग्राम ब्राउन सुगर र खुकुरी एक थानसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा शुद्वोधन गाउँपालिका ५ पुरैनी बस्ने २० वर्षीय सुरज थारु र उक्त गाउँपालिका–३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।

    इलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरीले लु८५ प ४५५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बताए । अभियुक्तबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology