Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी विकास कोषको विद्युत समस्या समाधानका लागि पदाधिकारीको पहल

लुम्बिनी विकास कोषको विद्युत समस्या समाधानका लागि पदाधिकारीको पहल

  • 1.1K
    SHARES

  • लुम्बिनी विकास कोषको विद्युत समस्या समाधानका लागि पदाधिकारीको पहल

    लुम्बिनी, साउन २५ ।
     
    लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र र वाहिर विद्युतको समस्याका बारेमा नेपाल विद्युत  प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवल र वितरण केन्द्र भैरहवाका प्रमुखसँग भेटगरि छलफल गरेको छ ।
     
    कोषका  कोषका निमित्त उपाध्यक्ष एंव कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईले विद्युत समस्याको दीर्घकालिन समस्या समाधानका बिषयमा छलफल गर्नुभएको हो ।

     नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख नवराज ओझालार्ए बुद्धजन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र विद्युतका कारण निकै समस्या भोग्नुपरेकाले त्यसको समाधान गर्न कोषका तर्फबाट प्राधिकरणको ध्यानआर्कषण गराइएको कोषले जनाएको छ ।
     
    कोषका निमित्त उपाध्यक्ष एंव कोषाध्यक्ष ढुण्डिराज भट्टराईले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा अनियमित विद्युत कटौती, भोल्टेजको समस्याले हैरानी बनाएकाले यसको दीर्घकालिन समाधान गर्न आग्रह गर्नुभयो ।
    सदस्य सचिव सानुराजा शाक्यले धेरैपटक छलफल गरिएपनि विद्युतको समस्या हल हुन नसकेकाले 
    कोषभित्रको विद्युत समस्याको प्राविधिक समस्याको अध्ययन गरि समाधान गर्न आग्रह गर्नुभयो ।  
    भेटघाटमा कोष योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनामा विद्युतको समस्यालाई समाधान गर्न कोष प्राधिकरणसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो ।

    गुरुयोजना क्षेत्रभित्र विस्तार गरिएको तार, सोलारको उर्जा विद्युत ग्रिडमा जडान जस्ता समस्यालाई प्रदेश तहबाट समाधान गर्ने प्रदेश निर्देशक नवराज ओझाले बताउनुभयो । कोषका पदाधिकारीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रवन्धक संजय कुमार मिश्रलाई समेत भेट गरेको छ ।
     
    यसअघि कोषाध्यक्ष भट्टराईको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि कोष र लुम्बिनी क्षेत्रका लागि छुटाछुट्टै रुपमा विद्युत वितरणको व्यवस्था गर्न माग गर्नुभएको थियो । सोही माग अनुसार अहिले लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र छुट्टै फिडर जडान समेत भइसकेको छ ।

    जसका कारण अहिले लुम्बिनीको बाहिर क्षेत्रमा विद्युत कटौती, लोभोल्टेज जस्ता समस्याहरु समाधान भएको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रवन्धक संजय कुमार मिश्रले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology