बुटवल,मंसिर २५-
मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीले अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाको १६ दिने अभियान समापनको अवसरमा बुटवलमा दीप प्रज्वलन गरेको छ । काेहि नारीपनि हिंसामा नपरुन् भन्ने उद्धेश्यका साथ बुटवलको गाेलपार्कमा दीप प्रज्वलन कार्यक्रम गरेको हाे ।
रुपन्देही संयोजक धन श्रेष्ठको अध्यक्षताकम भएको साे कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक लता खड्काको प्रमुख अथित्यता रहेको थियाे ।साे अवसरमा बाेल्दै लता खड्काले हिंसा बिरूद्दको अभियानमा मेचीमाहाकाली बुहारी संयुक्त आवाज निरन्तर लागिरहने बताउनुभयाे ।
कार्यक्रममा सल्लाहकार मन्जु पराजुली सह-सचिव इन्द्रा बिक,सह-कोषाध्यक्ष सरला नेपाल ,सदस्य गिता लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव कल्पना गौडेलले गर्नुभएको थियो ।
स्थापना काल देखी जोडीदै यस संस्थाको बहुसंख्यक ग्रामीण भेगका महिला हरू संग जोडीने अभियानलाई गतिशील बनाउन उच्च योगदान पुर्याउने महिला सशक्तिकरण तथा बालबालीकाको हिंसा बिरुद्ध र सामाजीक परोपकारको काममा निकै सक्रिय संस्था मेची माहाकाली बुहारी संयुक्त आवाजको लुम्बिनी प्रदेश संयोजकमा रूपन्देही संयोजक लता खड्का लाई थप जिम्मेवारी दिईएको छ।
लुम्बिनी प्रदेश संयोजकमा पुन: खडका :
मेची माहाकाली बुहारी संयुक्त आवाजको लुम्बिनी प्रदेश संयोजकमा पुन: लता खड्काले जिम्मेबारी पाउनुभएको छ। रूपन्देही संयोजकको रूपमा निर्वाह गरेको भूमीकाको उच्च मुल्यड्कन गर्दै खड्कालाइ जिम्मेबारी दिइएको केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्बाले बताउनुभयाे ।
खड्काको नेतृत्वमा लुम्बिनी प्रदेशमा मेची माहाकाली बुहारी संयुक्त आवाजले महिला तथा बालबालिका हिंसा बिरूद्दको अभियानलाई तीब्र पारिएको थियाे ।
जिम्मेबारी पाएपछि नागरिक अनलाइनसंग कुरागर्दै संयाेजक खड्काले सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । मेची महाकाला बुहारी संयुक्त आवाजको देशभर ४१ जिल्ला समिति र ७वटा प्रदेश समितिहरू गठन भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)