बुटवल,साउन २२ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थमा माथिबाट एक्कासी ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विहान करिब साढे ६ बजे घटना भएको हो । सडक सुचारु भैसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)